काठमाडौं जलवायु सप्ताह २०२६ सुरू
- पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका स्थानीय तहहरूमा पालिका अधिवेशन हुँदैछ । यसै क्रममा गण्डकी प्रदेशका सबै ८५ वटै पालिकामा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
- बाढीमा गोसाइँकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष दावा मिङमर तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ बेपत्ता भएका छन्, भने १७६ जना अझै हराइरहेका छन्।
- गाउँपालिकाबाट आवश्यक अनुदान, प्राविधिक परामर्श र सिँचाइ पूर्वाधार सहयोग प्राप्त भएपछि स्थानीय किसान व्यावसायिक तरकारीखेतीतर्फ उत्साहित भएका छन्।
काठमाडौँ । ‘जलवायु उत्थानशीलता निर्माणका लागि जलवायु न्याय स् स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म’ भन्ने नारासहित तीनदिने काठमाडौं जलवायु सप्ताह २०२६ आजदेखि सुरू भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले उद्घाटन गरेको कार्यक्रममा जलवायु विज्ञ, नीति निर्माता, सांसद, युवा, सीमान्तकृत समुदाय तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता छ।
आइतबारसम्म चल्ने कार्यक्रममा जलवायु न्याय, क्षति, हरित प्रविधि र जलवायु विपद्का विषयमा छलफल हुनेछ ।
