काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौँको खुलामञ्चमा मञ्चलगायत संरचना तयार पारिँदै छ।

असोज १८ गते खुलामञ्चमा संस्थापन पक्षले महाधिवेशनको उद्घाटन गर्दैछ ।

शुक्रबारदेखि सुरू गर्ने तयारी रहेपनि अविरल वर्षाका कारण देशका केही स्थानमा निर्वाचन प्रक्रिया प्रभावित भएपछि महाधिवेशनको उद्घाटन दुई दिन सरेको छ ।