गाउँभर जमिनमा धाँजा फाट्यो, जोखिममा बस्ती (तस्बिर)
करिब दुई वर्गकिलोमिटर क्षेत्रमा जमिन भासिएको छ भने कतिपय स्थानमा १२ फिटसम्म जमिन धसिएको छ
- पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका स्थानीय तहहरूमा पालिका अधिवेशन हुँदैछ । यसै क्रममा गण्डकी प्रदेशका सबै ८५ वटै पालिकामा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
- बाढीमा गोसाइँकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष दावा मिङमर तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ बेपत्ता भएका छन्, भने १७६ जना अझै हराइरहेका छन्।
- गाउँपालिकाबाट आवश्यक अनुदान, प्राविधिक परामर्श र सिँचाइ पूर्वाधार सहयोग प्राप्त भएपछि स्थानीय किसान व्यावसायिक तरकारीखेतीतर्फ उत्साहित भएका छन्।
मकवानपुर । निरन्तरको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६, ठूलो ज्यामिरेलगायत क्षेत्रमा जमिन चिरिएको छ ।
करिब दुई वर्गकिलोमिटर क्षेत्रमा जमिन भासिएको छ भने कतिपय स्थानमा १२ फिटसम्म जमिन धसिएको छ । ठूलो ज्यामिरे, मोरङ्गेधाप र ओढारखोलालगायत क्षेत्रमा ८० देखि ८५ घरपरिवार उच्च जोखिममा छन्।
तीमध्ये १५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । कतिपय घरभित्र नै जमिन चिरा परेको छ ।

तस्बिर : सरला अधिकारी/नेपाल फोटो लाइब्रेरी
