नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)
- पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका स्थानीय तहहरूमा पालिका अधिवेशन हुँदैछ । यसै क्रममा गण्डकी प्रदेशका सबै ८५ वटै पालिकामा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
- बाढीमा गोसाइँकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष दावा मिङमर तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ बेपत्ता भएका छन्, भने १७६ जना अझै हराइरहेका छन्।
- गाउँपालिकाबाट आवश्यक अनुदान, प्राविधिक परामर्श र सिँचाइ पूर्वाधार सहयोग प्राप्त भएपछि स्थानीय किसान व्यावसायिक तरकारीखेतीतर्फ उत्साहित भएका छन्।
चितवन । पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका–१, लीलाचोक नदी किनारका वस्ती प्रभावित भएका छन् । सोमबार नदीको जलसतह साढे चार मिटर घटेपनि घरभित्र पसेको बालुवा र लेदो सफा गर्न स्थानीयबासीलाई सास्ती भइरहेको छ ।
घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र आफन्तकहाँ शरण लिन बाध्य पीडितहरू बिहानैदेखि बालबालिकालाई सम्हाल्दै घर सफा गर्न जुटिरहेका छन् ।
बाढी घटेपनि स्थानीय तह वा सरकारी निकायबाट सोधखोज र उद्धारका लागि कोही नपुगेको पीडितहरूको गुनासो छ ।
भरतपुर–१ नारायणी किनारमै रहेको राष्ट्रिय आधारभूत विद्यालय पनि बाढी र हिलोले पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । कक्षाकोठाभित्र रहेका टेबल र कुर्सी हिलाम्मे भएका छन् ।
स्थानीय युवा अञ्जित सापकोटाका अनुसार यो विद्यालय अत्यन्तै जोखिमपूर्ण क्षेत्रमा छ । हरेक एक–दुई वर्षमा विद्यालयमा बाढी छिर्ने र नारायणी किनारमा लाग्ने मेला–महोत्सवको हल्लाले वर्षमा ३ देखि ४ पटकसम्म १०–१० दिन पठनपाठन ठप्प हुने गरेको उनले सुनाए। विद्यालयमा करिब ८५ देखि १२० जना बालबालिका अध्ययनरत रहेको बताउँदै सापकोटाले भने, ‘सधैँभरि बाढीको झन्झट सहनुभन्दा महानगरपालिका र प्रशासनले यो विद्यालयलाई अन्यत्र सुरक्षित स्थानमा मर्ज गरिदिनुपर्छ।’
सरकारी निकाय वा जनप्रतिनिधिहरू सहायताका लागि नपुगेपछि अहिले स्थानीय युवाहरू, विधार्थीहरू नै स्वतःस्फूर्त रूपमा संगठित भई विद्यालय तथा छिमेकीका घरहरूमा जमेको लेदो र बालुवा हटाउने सरसफाइ अभियानमा खटिएका छन् ।

