बाढीले क्षतविक्षत नारायणी किनार (तस्बिर)
- पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका स्थानीय तहहरूमा पालिका अधिवेशन हुँदैछ । यसै क्रममा गण्डकी प्रदेशका सबै ८५ वटै पालिकामा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
- बाढीमा गोसाइँकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष दावा मिङमर तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ बेपत्ता भएका छन्, भने १७६ जना अझै हराइरहेका छन्।
- गाउँपालिकाबाट आवश्यक अनुदान, प्राविधिक परामर्श र सिँचाइ पूर्वाधार सहयोग प्राप्त भएपछि स्थानीय किसान व्यावसायिक तरकारीखेतीतर्फ उत्साहित भएका छन्।
चितवन । निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो क्षति पुर्याएको छ ।
करोडौँ रुपैयाँ खर्चेर संरक्षण गरिएको क्षेत्र बाढीपछि क्षतविक्षत बनेको छ । चितवन महोत्सव आयोजना स्थलमा अहिले ढुंगा र माटो मात्रै देखिन्छ भने कतिपय ठाउँ कटान भएको छ ।
‘सी–बिच’ मोडलमा निर्माण गरिएको संरचनाले थप क्षति रोक्न केही भूमिका खेलेपनि किनार खण्डहरजस्तै बनेको छ ।
बाढी आएपछि किनारमा रहेका कतिले आफ्नो घर, पसलबाट सामान सार्न पनि भ्याएनन् । बाढी पसेपछि कति स्थानीय अहिले सरसफाइ र सामान सार्न व्यस्त छन् ।

नदीको कटान बढ्दै गए नारायणगढ बजारसमेत जोखिममा पर्न सक्ने स्थानीयको चिन्ता छ । २०१९ सालदेखि नारायणगढ बस्दै आएका प्रभातकुमार जोशीले नारायणी किनारको संरक्षणमा तत्काल विशेष ध्यान दिनुपर्ने बताए ।
नदीको संरक्षण नगरेमा र प्रकृतिलाई जिस्काएर किनारमै वस्ती विस्तार गर्न थालेमा नारायणगढ बजारको भविष्य नै जोखिममा पर्ने उनले चिन्ता व्यक्त गरे ।
तत्कालीन रूपमा माटो र ग्राभेल भर्नेभन्दा नदीको बहाव र कटानलाई ध्यानमा राखेर दीर्घकालीन तथा वैज्ञानिक संरक्षणको काम गर्नुपर्ने देखिन्छ ।





तस्बिर : राजेन्द्र आचार्य/नेपाल फोटो लाइब्रेरी
