सरकारी सम्पत्तिको बिमा परीक्षणमै सीमित, किन हुन सकेन ?
हामीले एउटामात्र होइन, चारैतिरका ढोका खोलेका थियौं । लामो समयसम्म पटक–पटक सूचना पनि दिएका हौं । त्यसैले अब कसैले ‘म छुटेँ, मैले प्रयास गर्दा पनि अद्यावधिक गर्न पाइनँ’ भन्न सक्ने अवस्था छैन ।
- पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका स्थानीय तहहरूमा पालिका अधिवेशन हुँदैछ । यसै क्रममा गण्डकी प्रदेशका सबै ८५ वटै पालिकामा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
- बाढीमा गोसाइँकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष दावा मिङमर तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ बेपत्ता भएका छन्, भने १७६ जना अझै हराइरहेका छन्।
- गाउँपालिकाबाट आवश्यक अनुदान, प्राविधिक परामर्श र सिँचाइ पूर्वाधार सहयोग प्राप्त भएपछि स्थानीय किसान व्यावसायिक तरकारीखेतीतर्फ उत्साहित भएका छन्।
२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरू आज सार्वजनिक गर्ने भएको छ ।
कांग्रेसले केन्द्रीय कार्यसमितिद्वारा पारित निर्णयहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागेको हो ।
प्रवक्ता देवराज चालिसेका अनुसार निर्णयहरू सार्वजनिक गर्न मंगलबार दिउँसो ३ बजे सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
२४ साउनदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार (१ भदौ) सम्पन्न भएको थियो ।
महामन्त्री प्रदीप पौडेलका अनुसार विशेष महाधिवेशनपछि यो कांग्रेसको तेस्रो केन्द्रीय कार्यसमिति बैठक हो ।
बैठकमा पार्टीले हरेक सदस्यहरूलाई धारणा राख्नका लागि सात मिनेटको समय उपलब्ध गराएको थियो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यसँगै सुदूरपश्चिमबाहेकका प्रदेश सभापतिहरू पनि सहभागी थिए ।
